• २०८३ कार्तिक १० गते सोमवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा ४, लेन क्रसमा २, अवस्था ठिक नभइको ८, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस