• २०८३ जेष्ठ ५ गते मङ्गलवार

इनारमा खसेको गाईको सकुशल उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित माछा गेट नजिक एक घरको इनारमा खसेको गाईको सकुशल उद्धार गरिएको छ।

केशिया राणाको घरमा पालिएको करिब ५ सय किलोग्राम तौलको गाई आफ्नै कम्पाउन्डभित्र रहेको इनारमा खसेपछि महानगरपालिकामा खबर गरिएको थियो । खबर प्राप्त हुनासाथ नगर प्रहरी नायव उपरीक्षक किशोरकुमार भट्टराईको नेतृत्वमा काठमाडौँ दमकल र नगर प्रहरी पश्चिम क्षेत्रको टोली उद्धारमा खटिएको थियो ।

टोलीले विशेष प्रविधिको प्रयोग गर्दै गाईलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस