• २०८३ कार्तिक २२ गते शनिवार

राजकुमार शर्माको प्रदेश सांसद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । सर्वोच्च अदालतले राजकुमार शर्माको कर्णाली प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कर्णाली प्रदेश सभा सचिवालयलाई सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनको सांसद पद यथावत् रहेको छ । तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) मा लागेपछि कारवाहीमा परेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस