• २०८३ बैशाख ९ गते बुधवार

खत्याडमा भाइरल ज्वरो , नर्खजी गाउँमा ४ सय बढी बिरामी

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन १४, मुगु । मुगुको खत्याड गाउँपालिकामा ९ नर्खजी गाउँमा एक सातादेखि फैलिएको भाइरल ज्वरोले धमाधम विरामि पर्न थालेका छन् । ज्वरोका कारण गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी थला परेका छन् । एक साता देखि फैलिएको भाईरल ज्वरोका कारण ४ सय भन्दा बढि संक्रमित रहेको स्वास्थ्य संस्थाले बताएको छ । फागुन १० गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चार बस्तीमा तीव्र रूपमा फैलिएको सामुदायिक स्वास्थ्य ईकाई नखर्जीका हेल्थ अस्सिटेन्ट अमर लावडले बताउनु भयो । उहाँका अनुसार अहिले ४ सय भन्दा बढि जना बिरामी रहेका छन् । स्वास्थ्य संस्थामा अहिले औषधी अभाव रहेको छ । पालिकामा औषधिको लागि खवर गर्दा औषधि अभाव रहेको र सुर्खेत बाट ल्याउने तयारी रहेको बताउनु भयो । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर विकास धिताल र धनविर विक सहितको टोलीले उपचार गराईरहेको भएपनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको लावडको भनाई छ ।

लावडका अनुसार दैनिक ४० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। खत्याड गाउँपालिकाको स्वास्थ्य शाखा लाई जानकारी गराइसकेका छौं , औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ । ज्वरोका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित छन्। औषधि अभाव छ । विशेषगरी दीर्घरोगी बिरामीका लागि जोखिम बढ्न सक्ने उहाँको भनाइ छ । उपचारका लागी गएका स्वास्थ्यकर्मीका अनुसार ज्वरो नर्खजी गाउँमै सीमित नरही छिमेकी बस्तीमा समेत फैलिने जोखिम रहेको छ । नखर्जी गाउँमा फैलिएको भाईरल ज्वराको कारण उपचार गर्न पहिलो चरणमा उपलब्ध औषधि पठाइसकिएको छ । बिरामी संख्या बढेकाले औषधि अभाव भएको छ । दोस्रो चरणका लागि खरिद गरिएको औषधि ल्याउने तयारी भइरहेको खत्याड गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत सिअहेव बिर्ख रावलले जानकारी दिनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस