• २०८३ जेष्ठ ३ गते आइतवार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १७ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । नेप्से सामान्य बढेको छ । विहिबार नेप्से ६.०३ अंकले बढेर २६५४. ९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ५३ हजार १४५ कित्ता शेयर ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादान, माइक्रो फाईनान्स र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सालपा विकास बैंकको शेयर सबैभन्दा बढी ९.९ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी नबिल डिभेन्चरको सेयर ३.६० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अपि पावरको ३२ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २१ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस