• २०८३ बैशाख ११ गते शुक्रवार

भगवती क्लबमाथि पुलिस क्लबको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं । जारी राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा पुलिस क्लबले भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा खेलको ३७औं मिनेटमा विवश चौधरीले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसअघि एक बराबरी र २ हार खेलेको पुलिस क्लबको जारी लिगमा पहिलो जित हो । यो जितपछि पुलिसको ४ अंक भएको छ । त्यस्तै श्री भगवती क्लबको ४ खेलमा एक जित, एक बराबरी र २ हारसहित ४ अंक रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस