• २०८३ मङ्सिर ५ गते शुक्रवार

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको लागतार तेस्रो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा लागतार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १५४ रनको लक्ष्य पछाएको भारतले १० ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका लागि अभिषेक शर्माले २० बलमा ६८ रन बनाएका थिए भने कप्तान सूर्यकुमार यादवले अविजित ५७ रन बनाएका थिए । त्यस्तै इशान किशनले १३ बलमा २८ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ४८ रन बनाए भने मार्क चाम्पम्यानले ३२ र कप्तान मिचेल सान्टनरले २७ रन बनाएका थिए । त्यस्तै भारतीय बलर जसप्रित बुमराहले ३ विकेट लिए भने हार्दिक पाण्डेय र रवि विश्नोईले २-२ विकेट लिएका थिए ।

यो जितपछि भारतले ५ खेलको सिरीजमा ३-० ले अग्रता हासिल गरेको छ र सिरिज जितेको छ । अब सिरिजको चौथो खेल जनवरी २८ मा हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस