• २०८३ असोज १० गते शनिवार

घाँसीकुवाको पहिरो पन्छाइयो : पृथ्वीराजमार्गमा यातायता सेवा पुनःसञ्चालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ । अविरल वर्षाका कारण आज साँझ करिब हिलोसहितको लेदो खस्दा नम्बर नखुलेको एउटा मोटरसाइकल क्षति समेत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएर पहिरो हटाएपछि राजमार्गमा पुनः यातायात सेवा सुचारु भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस