• २०८३ असोज ९ गते शुक्रवार

देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ ।   जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुरमा मुख्य सडक बन्द छन् ।

त्यस्तै, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, ललितपुर र चितवनमा सडक बन्द भएको जनाइएको छ । गण्डकी प्रदेशका लमजुङ र म्याग्दी, लुम्बिनी प्रदेशका रोल्पा, दाङ र रुकुम पूर्व तथा कर्णाली प्रदेशको रुकुम पश्चिममा पनि मुख्य सडक बन्द छन् ।

सुदूरपश्चिम प्रदेशका बझाङ र बैतडीमा समेत मुख्य सडक बन्द रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त सूचनाका आधारमा सडक बन्द भएका जिल्लाको विवरण सार्वजनिक गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस