माघ ११, काठमाडौं । निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म पारसमा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी छन् । निर्देशक चौलागाईंले जसितासँगको तस्बीर सार्बजनिक गर्दै उनी फिल्म पारसमा अनुबन्ध भएको जानकारी दिएकी हुन् । पारसमा यसअघि अभिनेता निखिल उप्रेती अनुबन्ध भइसकेका छन् । तर, फिल्ममा जसिताको जोडी भने अर्को अभिनेता हुने बताइएको छ, जसको अनुबन्ध हुन बाँकी रहेको छ ।

केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मको पटकथा र संवाद बलिउडको चर्चित फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’का दुवै श्रृंखलाका लेखक सचिन लादियाले लेखेका छन् । यस फिल्मको छायांकन आगामी फागुनबाटसुरु हुने बताइएको छ ।