• २०८३ बैशाख २६ गते शनिवार

एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भिल्ला रियलमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका थिए । यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ५१ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोनाको २० खेलमा ४९ अंक रहेको छ र दोस्रो स्थानमा छ ।

त्यसैगरी भिल्ला रियलको २० खेलमा ४१ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस