• २०८३ कार्तिक १ गते शनिवार

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शुक्रबार पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो ।

पाकिस्तानले नेपाललाई २५-१४, २५-१८ र २५-१० को सोझो सेटमा पराजित गरेको थियो । यो यस प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो । यसअघि श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो ।

नेपालको ३ खेलमा तालिकामा २ अंक जोडेको छ । अब नेपालले अर्को खेल आइतबार बंगलादेशसँग खेल्ने तालिका छ ।

Sharing

प्रतिक्रिया दिनुहोस