• २०८३ मङ्सिर ४ गते बिहिवार

लगातार दोस्रो जितसँगै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेपछि प्रतियोगितामा लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगेको हो ।

नेपालले माल्दिभ्सलाई २५-१२, २५-०९ र २५-२० को सोझो सेटमा पराजित गरेको हो । यस जितसँगै नेपाल पुल ए बाट सेमिफाइनल पुग्ने पक्का भएको छ ।

नेपाल यसअघि पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस