जेठ १०,दमौली । तनहुँको दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलित भएका छन् । व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था आजदेखि लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोधमा उत्रिएका हुन् ।

नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जेठ ६ गते सूचना प्रकाशित गरेर जानकारी गराएको थियो । साथै केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था समेत लागू गरिएको छ । तर व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै विरोध गरेका छन् ।
व्यास नगरपालिकाले गरेको निर्णय:
१- तनहुँ जिल्लाको सदरमुकाम दमौली वजारमा जथाभावि गाडी, मोटरसाईकल पार्किङ गरी अस्तव्यस्त भएको वजार सुरक्षाका लागि राखिएका सिसिटिभी क्यामेरा, जेव्रा क्रसिङ फूटपाथ व्यवस्थापन समेतमा विस्तृत समिक्षा गरियो ।
२- बजार सुरक्षाका लागि सिसिटिभी क्यामेराको मर्मत गर्ने र आवाश्यक स्थानमा राख्ने कार्यमा नगरपालिकाले जिल्ला प्रहरी कार्यालय सँग समन्वय गरी खर्च व्यवस्थापन गर्ने, दमौली भित्रका सिसिटिभी क्यामेराको निगरानी गर्न जिल्ला प्रहरी कार्यालय बाटै गर्ने गराउने निर्णय गरियो ।
३. व्यास नगरपालिका वडा नं. २, ३ र ४ को सिमानावाट काठमाण्डौ – पोखराको पृथ्वी राजमार्ग पुनः निर्माण भई सर्भिस लेन समेतको निर्माण व्यवस्थापन मिलाउने, सफा सडक समेतको पार्किङ व्यवस्थापन गर्ने समेतका लागि २०८३/०२/१० गते देखि लागु हुने गरि १५ दिन सम्म परिक्षणका लागि निम्नानुसार गर्ने गरी सर्व सम्मत निर्णय गरियो ।
क) सफा सडकमा दुई तर्फि वाटो चालु हुने हुदाँ सवै सवारी साधनको पार्किङ निषेध गर्ने । विकल्पमा शाखा सडक, चोक, नगरपालिकाको पार्किङ ग्राउण्ड, अनशन चौतारी क्षेत्रमा निःशुल्क व्यवस्थापन गर्ने ।
पृथ्वी राजमार्ग तर्फ:-
ख) व्यास ४ भोर्लेटार चोक सबलेनमा – परेवा डाँडा सम्म चल्ने म्याजिक, दुईपिप्ले शिसाघाट सम्म चल्ने ४ पाङ्ग्रे मिनिबस, पुलिमर्याङ चल्ने बस लगाएत लम्जुङको भोर्लेटार, सोतिपसल, जिता, कुन्छा चल्ने ठूला सवारीहरुलाई आउदाँ बाघभञ्ज्याङ हुँदै सिमलटार तिर बाट बसपार्कमा आउने र जाँदा चौतारी होटल चोकमा १/१ वटा लाई १५/१५ मि. बस्न दिने ।
ग) भोर्लेटार चोक स्थित राजमार्गमाः – दमौली देखि काठमाण्डौ चल्ने माईक्रो र दमौली देखि मुग्लिन सम्म चल्ने बस बसपार्कमा पठाउने र जाने वेला ५ मि. पिक अप गर्न दिने ।
घ) व्यास २ स्थित भोर्लेटार चोक राजमार्गमाः – काठमाण्डौ लगाएत अन्य विभिन्न पूर्वी खण्डवाट आउने छोटो तथा लामो दुरीका सवै सवारीलाई यात्रु चढाउने र ओराल्ने गरी २ मि. पिक अप /ड्रप् गर्न समय दिने ।
ङ) व्यास २ भोर्लेटार चोक नमुना टोल सवलेनमा:- स्थानीयको साना सवारी, तालघरे, डिहिगाँउ, घाँसीकुवा हुदै व्यास १० र ११ का विभिन्न स्थानमा छुट्ने म्याजिक तथा वस क्यू थाप्ने गरि बसपार्क पठाउने र जाने वेलामा १/१ वटालाई मात्र आउन दिई २ मि. पिकअप गर्न दिने ।
च) ट्राफिक चोकमा :- स्थानीय यातायातका दमौली पोखरा चल्ने माइक्रो, ट्याक्सी क्यू थाप्ने गरेकोमा अव देखी १/१ वटा मात्र क्यू थाप्न दिने बाँकी वसपार्क पठाउने ।
छ) व्यास ३ साँगे चोकमा:- तरकारी लाईनको पूर्व तर्फ दमौली पोखरा चल्ने बस क्यू थाप्ने गरि पश्चिम तर्फबाट व्यास ५ र ६ का विभिन्न स्थानमा चल्ने म्याजिक र ठूला सवारी साधनलाई अव देखी १/१ वटा मात्र दुर्गा मन्दिर पश्चिम क्यू थाप्ने गरी पठाउने र अरु बसपार्क पठाउने ।
ज) भित्री बजार तर्फ:- व्यास ३ न्यूरोड व्यास नगरपालिकाको कार्यालयको भवन दक्षिण तर्फ पछाडीबाट रिसिङ, घिरिङ चल्ने जीप र माछापुच्छ्रे बैंक अगाडीबाट ठूला सवारी १/१ वटा मात्र क्यू थाप्न दिने वाँकी वसपार्कमा पठाउने ।
झ) व्यास २ गणेशमान चोकमा छाब्दी बाराही जाने म्याजिक लगाएत व्यास १३ र १४ तर्फ जाने ठूला सवारी १/१ वटा मात्र क्यू थाप्न दिने र बाँकी बसपार्कमा पठाउने ।
ञ) अटोलाई उल्लेखित चोकहरुमा २/२ वटा र अनशन चौतारी चोकमा २ वटा मात्र राख्न दिने वाँकी वसपार्कमा पठाउने । ट) वाँकी वस, माईक्रो, जीप, ट्याक्सी, अटो सवै वसपार्क लैजाने र हाईवेको सर्भिस लेनमा मोटरसाईकल लगाएत दुईपाङ्ग्रे सवारी पार्किङ गर्न नपाईने ।
ठ) कार्यालय र विद्यालय सञ्चालन हुने दिन सोमवार देखि शुक्रवार सम्म विहान ८:३० वजे देखि १०:१५ वजेसम्म र साँझ ३:३० देखि ५:१५ वजे सम्म सफा सडक, ग्रिन सिटी टोल हुदै गणेशमान चोक, अमरापुरी सत्यवती विद्यालय, सरकारी कार्यालय रहने क्षेत्रमा मालवाहाक गाडी, ट्र्याक्टर लगाएत हेभी गाडीहरु निषेध गर्ने ।
ड) वान वे: निम्न वमोजिमका सडकहरुलाई एकतर्फी गर्ने ।
-वडा नं. २ को पृथ्वी राजमार्ग वाट ग्रिनसिटी टोल हुदै भेटघाट चोक जाने मात्र
– वडा नं. ३ तर्फ पृथ्वी राजमार्ग वाट तरकारी लाईन हुदै महर्षी चोक तर्फ जाने मात्र
– पुरानो वैंक लाईन न्यूरोड चोकवाट कालिका मार्ग हुदै पृथ्वी राजमार्गमा निस्कने मात्र ४ पाङ्ग्रे गाडीलाई एकतर्फी प्रवेश दिने तर कुनैपनि सवारी पार्किङ गर्न नपाईने ।
– प्रहरी कार्यालयको दक्षिण पश्चिम तर्फको चोकवाट पृथ्वी राजमार्ग दुर्गा मन्दिर तर्फ निस्कने मात्र एकतर्फी गर्ने र सो सडकमा कुनैपनि सवारी पार्किङ गर्न नपाईने ।
ढ) मानिस आवत जावत गर्नका लागि सवै पेटीहरु खुला राख्ने कतिपय व्यवसायीहरुले सडक पेटीमा सामान राखि विक्री गर्ने गरेको पाईएकाले पूर्णत हटाउने ।
ण) व्यास १ करङ्ग काठमा रहेको वसपार्कमा वत्ति व्यवस्थापन, खानेपानी व्यवस्थापन, शौचालय व्यवस्थापन मिलाउने कार्यमा व्यास नगरपालिकाले जिम्मा लिने ।
त) पृथ्वी राजमार्ग अन्तर्गत भोर्लेटार चोकका व्यास चोकमा ट्राफिक पोष्ट, सिसिटिभी क्यामेरा, वत्ती व्यवस्थापन गर्ने गराउने । थ) नो पार्किंग सम्बन्धी आवाश्यक सामाग्री व्यवस्थापन नगरपालिका तर्फवाट गरी ट्राफिक प्रहरीलाई दिने । द) बसपार्कमा टिकट काउण्टरका लागि न.पा.ले भवन कोठा उपलब्ध गराउने ।