• २०८३ बैशाख ११ गते शुक्रवार

महानिरीक्षक कार्कीबाट कर्णाली प्रदेश प्रहरी परिसरमा निर्मित शैक्षिक तथा प्रशासनिक भवनको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ११, सुर्खेत । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको शैक्षिक तथा प्रशासनिक भवन तथा कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवन उद्घाटन गरेका छन्।

उद्घाटनपछि उनले भवनहरूको अवलोकन गर्नुका साथै प्रदेश प्रहरी कार्यालय र विद्यालय परिसरमा वृक्षारोपण पनि गरेक थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरू, शिक्षक तथा विद्यार्थीलाई पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीका सन्तति तथा स्थानीय बालबालिकालाई सहज, सुलभ र गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालय भवन निर्माण गरिएको बताए । उनले नयाँ भवन केवल भौतिक संरचना मात्र नभई बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने थलो भएको उल्लेख गरे।

नेपाल पुलिस स्कुलको भवन ११ करोड २४ लाख रुपैयाँभन्दा बढी लागतमा तथा सिनियर प्रहरी अधिकृत निवास भवन ५ करोड ४४ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस