• २०८३ बैशाख ७ गते सोमवार

काँग्रेस केन्द्रीय समिति बैठकमा गगन थापाले आफ्नो धारणा राख्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आजको वैठकमा भाग लिने भएका छन् । आज सभापति थापाकै सभापतित्वमा बैठक बस्ने र उनले आजको बैठकमा आफुले दिएको राजीनामाको पृष्ठभूमि, पार्टीको निर्वाचनको पराजय बारे आफ्नो धारणा राख्ने बताइएको छ ।

त्यस्तै उनले पार्टीको आगामी कार्यदिशा र प्राथमिकता बारेमा पनि केन्द्रीय समिति बैठकमा बोल्ने भएका छन् । काँग्रेसको यस बैठकले पार्टीको नियमित महाधिवेशन बारे निर्णय लिन सक्ने समेत बताइएको छ । काँग्रेसले आगामी असोजसम्म १५औं महाधिवेशन गर्ने गरी तयारी गर्ने भएको छ ।

यसअघि शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस