• २०८३ बैशाख २० गते आइतवार

सवारी सरुवा सहमतिमा घुस लिएका यातायातका अधिकृत र बिचौलिया पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी सरुवा सहमतिका नाममा घुस लिएको आरोपमा एक अधिकृत र एक बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोली खटिएको थियो। अनुसन्धानका क्रममा बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

आयोगका अनुसार उनीहरूलाई तीन थान मोबाइल सेटसहित मंगलबार कार्यालय परिसरबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस