• २०८३ जेष्ठ १८ गते सोमवार

विधिको शासन स्थापनाका निम्ति लागिपर्ने अध्यक्ष लामिछानेको अठोट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रुपमा उठान गर्नुभएको छ । चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले जनचाहनाअनुरुप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट गर्नुभयो ।

जनतालाई सर्वोपरि मानेर उनीहरूका समस्या समाधान नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको अध्यक्ष लामिछानेले बताउनुभयो । संसदीय अभ्यासलाई जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै उहाँले जनचाहनाअनुरुप काम गर्न नसक्ने नेतृत्वलाई जनताले मतका माध्यमबाट निर्णय गर्ने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस