• २०८३ असोज ७ गते बुधवार

एसियाली खेलकुदको पदक तालिकामा चीन शिर्ष स्थानमा कायमै, नेपालले खाता खोल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ७, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा चीनले ४८ स्वर्ण, २० रजत र १० कांस्यसहित कुल ७८ पदक जितेर शीर्ष स्थानमा रहेको छ । जापानले १५ स्वर्ण, २५ रजत र २७ कांस्यसहित ६७ पदक जितेर दोस्रो र दक्षिण कोरियाले ८ स्वर्ण, ८ रजत र २५ कांस्यसहित ४१ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, कजाकिस्तानले ७ स्वर्ण, ४ रजत र ८ कांस्यसहित १९ पदक जितेको छ भने थाइल्यान्डले ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित १२ तथा हङकङले ३ स्वर्ण, ६ रजत र ७ कांस्यसहित १६ पदक जितेका छन् । इरानले ३ स्वर्ण, ३ रजत र २ कांस्यसहित ८ तथा मलेसियाले ३ स्वर्ण, १ रजत र ५ कांस्यसहित ९ पदक जितेका छन् । उत्तर कोरियाले २ स्वर्ण, १ रजत र ३ कांस्यसहित ६ पदक तथा कुवेतले २ स्वर्ण, १ रजत र २ कांस्यसहित ५ पदक जितेका छन् । कतार र ताजिकिस्तानले समान २ स्वर्ण, १ रजत र १ कांस्यसहित ४–४ पदक जितेका छन् । भारतले १ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १२ पदक जितेको छ ।

उज्बेकिस्तानले १ स्वर्ण, ४ रजत र ५ कांस्यसहित १० पदक, मकाउले १ स्वर्ण, ४ रजत र १ कांस्यसहित ६, चिनियाँ ताइपेले १ स्वर्ण, ३ रजत र १० कांस्यसहित १४ तथा सिंगापुरले १ स्वर्ण, ३ रजत र २ कांस्यसहित ६ पदक जितेका छन्। जोर्डन र म्यानमारले समान १ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् भने भियतनामले १ स्वर्ण र ८ कांस्यसहित ९ पदक जितेको छ । साउदी अरेबियाले २ रजत र २ कांस्य, बहराइनले २ रजत, इन्डोनेसियाले १ रजत र १२ कांस्य, फिलिपिन्सले १ रजत र ४ कांस्य तथा अफगानिस्तान र इराकले समान १ रजत र २ कांस्य जितेका छन्। लेबनानले १ रजत र १ कांस्य तथा श्रीलंका र तुर्कमेनिस्तानले समान १ रजत जितेका छन्। कम्बोडियाले ४, किर्गिस्तानले ३ तथा पाकिस्तानले २ कांस्य जितेका छन् ।

बंगलादेश, ब्रुनाइ दारुस्सलाम, मंगोलिया, नेपाल र सिरियाले समान १ कांस्य पदक जितेका छन् । नेपालका लागि आज करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस