• २०८३ भाद्र ७ गते आइतवार

काठमाडौंमा धारिलो हतियार प्रहार गरी हत्या, तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार २०८३ भदौ ५ गते बिहान करिब १०ः१० बजे होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि धारिलो हतियार तथा चक्कु प्रहार भएको थियो। गम्भीर घाइते भएका उनलाई होस्टेलबाहिर प्याजेसमा फेला पारी तत्काल उपचारका लागि निजामती कर्मचारी अस्पताल, मिनभवन पठाइएकोमा उपचारकै क्रममा सोही दिन दिउँसो १२ बजे मृत्यु भएको थियो।

घटनापछि प्रहरीले अनुसन्धानका क्रममा बारा, कलैया उपमहानगरपालिका–३ घर भई सोही होस्टेलमा बस्ने १९ वर्षीय शोखर यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। फरार रहेका १९ वर्षीय प्रमित पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैंसेबाट तथा महोत्तरी, लोहारपट्टी नगरपालिका–६ घर भएका २३ वर्षीय आलोक ठाकुरलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस