• २०८३ भाद्र ७ गते आइतवार

नयाँ सिजनमा रियल म्याड्रिडको विजयी शुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ । जोसे मोरिन्होको पुनरागमनपछिको पहिलो आधिकारिक खेलमा रियल म्याड्रिडले एस्पान्योललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । अर्दा गुलरको पासमा बेलिङ्घमले हेडमार्फत गोल गरेका थिए । एस्पान्योलले ३०औँ मिनेटमा एलेक्स कालात्राभाको गोलमार्फत खेल बराबरीमा ल्याएको थियो । जाभी हर्नान्डेजको पासमा कालात्राभाले गोल गरेका थिए ।

त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन । रियल म्याड्रिडका लागि ९०औँ मिनेटमा कार्लोस एस्पीले निर्णायक गोल गरे । मैदान प्रवेश गरेको केही समयमै उनले गोल गर्दै टोलीलाई तीन अंक दिलाएका थिए ।

यस जितसँगै मोरिन्होले रियल म्याड्रिडको दोस्रो कार्यकाल विजयी शुरुवात गरेका छन् । रियल म्याड्रिडले खेलमा बलमाथि बढी नियन्त्रण राख्दै २० पटक प्रहार गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस