• २०८३ जेष्ठ ६ गते बुधवार

अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भएको छैन- इरान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेको छ । इरानको विदेश मन्त्रालयले वर्तमान अवस्थामा अमेरिकासँग वार्ता गर्ने अवस्था नरहेको समेत जनाएको छ ।

इरानी समाचार एजेन्सी मेहर समाचार एजेन्सीका अनुसार मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा मूल्य घटाउने र आफ्नो योजना अघि बढाउन समय लिनका लागि यस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाएको छ ।

मन्त्रालयले क्षेत्रीय देशहरूले तनाव कम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै ती देशहरूको चिन्ता अमेरिकासामु राखिनुपर्ने बताएको छ । साथै युद्धको सुरुआत अमेरिकाले गरेको दाबी पनि इरानले गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस