• २०८३ जेष्ठ ३१ गते आइतवार

इरानले इजरायललाई हानेको मिसाइलमा स्पेनिस प्रधानमन्त्रीको अभिव्यक्तिको स्टिकर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । इरानले इजरायलतर्फ प्रहार गरेका क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्रीको अभिव्यक्ति समेटेर पठाएको तथ्य सार्वजनिक भएको छ । रिपोर्टका अनुसार ती क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको तस्बिर र उनको भनाइ लेखिएका स्टिकर टाँसिएको देखिएको छ । हालै उनले युद्धको विरोध गर्दै अमेरिका-इजरायलका आक्रमणलाई गैरकानुनी र खतरनाक बताएका थिए ।

इरानले सोही अभिव्यक्तिलाई क्षेप्यास्त्रमा राखेर सन्देश दिन खोजेको रूपमा हेरिएको छ । सार्वजनिक भएका तस्बिरहरूमा क्षेप्यास्त्रमा सान्चेजको तस्बिरसहित उनको भनाइ उल्लेख गरिएको देखिन्छ । क्षेप्यास्त्र प्रहारका क्रममा इरानी सैनिकहरूले नाराबाजी समेत गरेको बताइएको छ। यसले उक्त कदम केवल सैन्य आक्रमण मात्र नभई राजनीतिक सन्देश दिने प्रयाससमेत रहेको संकेत गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस