• २०८३ बैशाख १० गते बिहिवार

सुन तोलाको ६५ सयले घट्यो, चाँदीमा पनि गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा गिरावट आउनेक्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५४० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस