• २०८३ असोज ९ गते शुक्रवार

सुन तोलाको तीन लाख नाघ्यो, चाँदी पनि बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ९ हजार २ सयले बढेर तोलाको ३ लाख एक हजार ४०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३२० रुपैयाँले बढेर तोलाको ६१९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५८७० रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस