• २०८३ कार्तिक ३० गते आइतवार

मुगुमा पुग्यो मतपत्र र निर्वाचन सामग्री

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन १०, मुगु । हिमाली जिल्ला मुगुमा प्रत्यक्ष र समानुपातिक तर्फका मतपत्र तथा निर्वाचन सामग्री आईपुगेको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी रहँदा मुगुमा आज हेलिकप्टर मार्फत मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको हो ।

कर्णाली प्रदेशको सुर्खेत बाट मुगुमा हवाई मार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री मुगु आईपुगेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । कर्णालीका जिल्ला मध्ये मुगुमा अन्तिममा पुगेको हो । यो सँगै कर्णालीका सबै जिल्लामा मतपत्र पुगिसकेको छ ।

कार्यालयका अनुसार आईतवार सेनाको हेलिकोप्टरबाट प्रत्यक्ष तर्फ ३९ हजार , समानुपातिक तर्फ ४० हजार मतपत्र र ११ प्रकारका निर्वाचन सामग्री मुगु आइपुगेको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख कमल प्रसाद उपाध्यायले बताए । निर्वाचन सामग्री सहित मतदान केन्द्रमा खटिने कर्मचारीको सेवा सुविधा , आवश्यक सामग्री तयारी पुरा रहेको पनि बताए । कर्णालीका अन्य जिल्ला भन्दा मुगुमा तीन हजार मिटर भन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्यनजर गरेर औषधि ब्यवस्थापन , स्वास्थ्य उपचार लगायतका सामग्री पनि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइसकेको पनि आयोगले जनाएको छ । निर्वाचनमा जिल्लामा ३६ हजार ३१ , ६८ मतदानस्थल र ७० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय मुगुमा कार्यरत धनकृष्ण बढुवालले बताए ।

मतपत्रसहित अन्य सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवर , प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री , हनुमान ध्वज गुल्म हुटु राराका सेनानी खड्ग श्रेष्ठ प्रहरी नायब उपरीक्षक रविराज थपलिया, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक महेन्द्रसिंह थापा अनुसन्धान प्रमुख राजेन्द्र चन्द , आचारसंहिता अनुगमन अतिकृत विभाकर मिश्र लगायतको उपस्थितिमा निर्वाचन सामग्री हस्तान्तरण गरिएको निर्वाचन आयोग नेपालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस