• २०८३ बैशाख ४ गते शुक्रवार

धुनषामा आचारसंहिता विपरित टाँसिएका करीब २० हजार निर्वाचन प्रचार सामग्री हटाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०,धनुषा। धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र उम्मेदवारहरुले आचारसंहिता विपरित विभिन्न ठाउँमा टाँसेका निर्वाचन प्रचार सामग्री हटाएको छ । कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार-प्रसारका लागि विभिन्न ठाउँमा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको हो ।

सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाएको हो । उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउका लागि धनुषाका विभिन्न स्थानमा पर्चा, पम्पलेट अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको थियो । बजार क्षेत्र, चोक, सार्वजनिक भित्ता र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँसिएकोे थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस