• २०८३ बैशाख ८ गते मङ्गलवार

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, काठमाडौं । एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले करिब १५ वर्ष नेतृत्व गरेको जिम्मेवारी अब कम्पनीका हार्डवेयर प्रमुख जोन टर्नसलाई सुम्पिने भएका छन् ।

FILE – Apple CEO Tim Cook speaks on stage during an announcement of new products at Apple Park in Cupertino, Calif., Sept. 9, 2025. (AP Photo/Godofredo A. Vásquez, File)

कुकले आगामी सेप्टेम्बर १ देखि प्रमुख कार्यकारीको जिम्मेवारी टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ । यद्यपि, उनी कम्पनीमै कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् । सन् २०११ मा स्टिभ जब्सपछि नेतृत्व सम्हालेका कुकको कार्यकालमा एप्पलको बजार मूल्य उल्लेख्य रूपमा बढेको थियो । आइफोनको सफलतासँगै कम्पनीले ठूलो आर्थिक प्रगति गरेको मानिन्छ ।

कुकलाई नयाँ भूमिकामा लैजानका लागि हालका गैरकार्यकारी अध्यक्ष आर्थर लेभिन्सनले आफ्नो पद छाड्नेछन् । उनी भने कम्पनीको निर्देशक समितिमा यथावत रहनेछन् ।

कुकले आफ्नो कार्यकाललाई जीवनकै सबैभन्दा ठूलो अवसर भएको उल्लेख गर्दै एप्पलप्रति गहिरो माया र टोलीसँग काम गर्ने अवसरप्रति आभार व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस