• २०८३ बैशाख ४ गते शुक्रवार

प्रतिकुल बकपत्र गर्नेविरुद्ध विशेष अदालतमा मुद्धा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका- ६ क जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको बारे मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी प्रतिवादी राम बाबु महतो कोइरी भएको मुद्धामा पोखरेलले विशेष अदालतमा बकपत्र गर्दा बयान भन्दा फरक बकपत्र गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले कोइरीविरुद्ध २७ लाख २३ हजार अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दायर गरेको मुद्धामा पोखरेलले प्रतिकुल बकपत्र गरेको उल्लेख गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस