• २०८३ बैशाख २३ गते बुधवार

प्रकाशमानले दिए काठमाडौँ- १ का उम्मेदवार प्रबल थापालाई शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ- १ बाट उम्मेदवार बनेका प्रबल थापालाई शुभकामना दिएका छन् । आफ्नै निवासमा पुगेका थापालाई प्रकाशमानले शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

यसअघि प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टिकट नदिएर पार्टीले थापालाई टिकट दिइएको छ । यस क्षेत्रवाट सिंहले २०६४, २०७०, २०७४ र २०७९ मा गरेर चार पटक चुनाव जितेका थिए । विशेष महाधिवेशनको विपक्षमा उभिएका गणेशमान पुत्र प्रकाशमानसहित यस पटक काँग्रेसले विपी पुत्र शशांक कोइरालालाई पनि टिकट दिएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस