माघ ७, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत देशलाई सम्मुनत बनाइने बताएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ताको एक दिनपछि बुधबार सामाजिक सञ्जालमार्फत थापाले आफ्नो नेतृत्वमा ‘परिष्कृत कांग्रेस’ बनेको भनाइ राखेका हुन्।

विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाका नेतृन्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। त्यसका विरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वान आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसपछिमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चले अन्तरिम आदेश दिने अस्वीकार गरेको थियो। त्यसपछि आज थापाको प्रतिक्रिया आएको हो।
थापाले भनेका छन्,
प्रिय साथीहरू,
हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।
तपाईंको सभापति