• २०८३ बैशाख ७ गते सोमवार

भारत र रुसबीच सैन्य सम्झौता कार्यान्वयनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७, काठमाडौं । भारत र रुसबीच भएको सैन्य सहयोगसम्बन्धी ‘रेसिप्रोकल एक्सचेन्ज अफ लजिस्टिक सपोर्ट’ सम्झौता कार्यान्वयनमा आएको छ । यसअन्तर्गत दुवै देशले एक–अर्काको भूमिमा तीन हजारसम्म सैनिक तैनाथ गर्न सक्ने भएका छन् ।

सम्झौताअनुसार पाँचवटा युद्धपोत र दशवटा सैन्य विमानसम्म तैनाथ गर्न अनुमति दिइएको छ । साथै, दुवै देशका सेनाले एक–अर्काका सैन्य आधार, हवाई आधार र बन्दरगाह प्रयोग गर्न सक्नेछन्, जसले दीर्घकालीन तैनाथी र सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ ।

यस सम्झौतामा इन्धन, पानी, मर्मत, प्राविधिक स्रोतसाधन लगायत आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था पनि समावेश गरिएको छ । विमानका लागि हवाई यातायात नियन्त्रण तथा उडानसम्बन्धी सेवासमेत प्रदान गरिनेछ ।

सम्झौता सन् २०२५ फेब्रुअरीमा हस्ताक्षर भएको थियो भने सोही वर्ष डिसेम्बरमा रुसले अनुमोदन गरेको थियो । यो पाँच वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा अवधि थप गर्न सकिनेछ ।

यद्यपि, यो सम्झौता युद्धका लागि नभई शान्तिकालमा तालिम, संयुक्त अभ्यास र लजिस्टिक सहयोगका लागि मात्र प्रयोग हुने जनाइएको छ ।

यसलाई भारत–रुसबीचको रणनीतिक साझेदारी सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस