• २०८३ असार ६ गते शनिवार

कमल थापाले गरे काठमाडौँ- ५ बाट मनोनयन दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । राप्रपा नेता कमल थापाले काठमाडौँ- ५ बाट आफ्नो मनोनयन दर्ता गरेका छन् । यसअघि मकवानपुरबाट चुनाव लड्दै आएका थापा यस पटक काठमाडौँमा चुनाव लड्न लागेका हुन् ।

यस क्षेत्रमा काँग्रेसले महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ । पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए । उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए । एमालेले यस पटक पनि यस क्षेत्रमा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस