• २०८३ कार्तिक ३ गते सोमवार

पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं । पहिरो र बाढीका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखामा भने सडक पूर्ण रूपमा अवरुद्ध छ।

प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा असोज १० गते बिहान ५:५० बजेदेखि अवरोध भएको हो।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आसपासको क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिमा रहेको फलामे पुलमा समस्या आएपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त सडकखण्डमा असोज २५ गते बिहान ५:३० बजेदेखि आवागमन ठप्प छ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा कात्तिक १ गते बिहान ५:४५ बजेदेखि अवरोध भएको विवरणमा उल्लेख छ।

नेपाल प्रहरीले विपद्का कारण सडक आवागमन प्रभावित भएकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस