भदौ ३, काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मा कारोबार भएको थियो । आज बैंकिंग, हाइड्रो, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मनकामना इन्जिनियरिंग हाइड्रोको शेयर ८.४५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सहस उर्जाको १७ करोड ५२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको १६ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।