• २०८३ भाद्र ३ गते बुधवार

सिरियल ‘जुनी’ को टिजर सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३, काठमाडौं ।   सुरेश थापा ‘दर्शने’ को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । बुधबार निर्माण टिमले स्रष्टा सम्मान कार्यक्रम गर्दै सिरियलको टिजर सार्वजनिक गरेको छ । काठमाडौंस्थित जय नेपाल हलमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा प्रष्ट मिडिया प्रालिको तर्फबाट पछिल्लो समयमा टेलिसिरियलका सक्रिय कलाकाहरूलाई सम्मान गरिएको छ । अभिनेता श्रेष्ठले ती कलाकारहरूलाई सम्मानपत्र वितरण गरेका थिए ।

सम्मान पाउनेमा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, हर्के हल्दारका निर्देशक इन्द्र डोङ लामा, कलाकार विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशन्नसा कार्की, सरोज घिमिरेलगायत कलाकारहरूलाई सम्मान गरिएको छ ।

सामाजिक कथामा बनेको सिरियलको टिजर सिनेमाको टिजरझैं बनेको छ । सिरियलको मुख्य भूमिकामा कमला घिमिरे र रञ्जित पौडेल छन् ।

अन्य कलाकारहरूमा विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियासिल, रोहित कार्की, सुस्मा सिलवाल,राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन् । बाल कलाकारमा सोफिया त्रिपाठी र आदर्श कार्की रहेका छन् ।

टिजर सार्वजनिक कार्यक्रममा बोल्दै सिरियलका निर्देशक थापाले अहिले चलिरहेको कथा भन्दा आफूले केही फरक प्रस्तुति दिन खोजेको बताए ।

‘सिरियलमा ड्रामा एकदमै कम छ । वास्तविक कथा बढी छ । यो घटना सिरियलमा हुन्छ या हुँदैन भनेर बनाइएको कथा हो,’ उनले भने । अन्य सिरियलजस्तै ‘जुनी’लाई पनि दर्शकले साथ दिनेमा आफू विश्वस्त रहेको निर्देशक थापाले बताए ।

सिरियल सुरुमा ५२ एपिसोड प्रसारण गरिने निर्देशक थापाले बताए । सिरियलको प्रसारण मिति भने सार्वजनिक गरिएको छैन । निर्देशक थापाका अनुसार उनका अनुसार सिरियल छिटै नै प्रसारण मिति घोषणा गरिनेछ ।

प्रष्ट मिडिया प्रालिको प्रस्तुति रहेको सिरियलका निर्माता विज्ञान सापकोटा र सौगात छेत्री हुन् । सिरियलका मुख्य सहायक निर्देशकमा योगेश भण्डारी रहेका छन् ।

सञ्जय राई र विष्णु भण्डारीले छायांकन गरेको सिरियलको सम्पादन तथा कलर विनोद बमले गरेका हुन् । सिरियलको शीर्ष गीत निर्देशक सुरेश थापाकै शब्द, भीम बिसीको संगीत र संगीत संयोजनमा बनेको छ । गीत गायक सुरज पण्डित र गायिका अस्मिता अधिकारीले गाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस