• २०८३ भाद्र ३ गते बुधवार

प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं ।  प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्‍ववन्धु पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति सिग्देलले सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस