साउन ३, काठमाडौं । स्पेन र अर्जेन्टिनाबीचको फुटबल विश्वकपको फाइनल खेल आज राति हुदैँछ । यो प्रतियोगिताको ९६ वर्षे फिफा विश्वकपको इतिहासमा २३औँ फाइनल खेल हुनेछ। अन्तिम खेल न्युयोर्कस्थिति न्यु जर्सी रंगशाला खेलिनेछ । जहाँ ८० हजार धेरै दर्शकको दर्शनको अपेक्षा गरिएको छ । लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको छ। यता, स्पेन सन् २०१० पछि पहिलो पटक उपाधि भिडन्तमा छ।

अर्जेन्टिना चौथो पटक फिफाको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ, यो भन्दा अगाडि सन् १९७८, १९८६ र २०२२ मा च्याम्पियन बनिसकेको गौरवशाली इतिहास रहेको छ ।
युरोप र ल्याटिन अमेरिकाका टोलीहरूबीच फाइनल खेल हुन लागेको यो १२औँ पटक हो। यी दुई महादेशका टोलीहरू बीच भएका अघिल्ला ११ वटा फाइनलमध्ये ल्याटिन अमेरिकी टोलीहरूले ८ पटक उपाधि जितेका छन् भने युरोपेली टोलीहरूले मात्र ३ पटक जित हासिल गर्न सकेका छन्।
अर्को एउटा ऐतिहासिक तथ्याङ्कले पनि अर्जेन्टिनाको पक्षमा सङ्केत गर्छ। यसअघि युरोप बाहिर ११ वटा विश्वकप आयोजना भइसकेका छन्, तीमध्ये नौ वटामा ल्याटिन अमेरिकी टोलीहरू च्याम्पियन बनेका छन् भने युरोपेली टोलीहरूले मात्र दुई पटक उपाधि जितेका छन्।
यद्यपि, यसले स्पेनको दाबीलाई कमजोर बनाउँदैन। युरोप बाहिर विश्वकप जित्ने दुई युरोपेली टोलीमध्ये स्पेन एक हो, उनीहरूले दक्षिण अफ्रिकामा आयोजित सन् २०१० को विश्वकपमा उपाधि जितेका थिए।
सन् १९३० देखि २०२२ सम्म आयोजित २२ वटा विश्वकपमा युरोप र ल्याटिन अमेरिकाका टोलीहरू मात्र च्याम्पियन बनेका छन्। युरोपले पाँच राष्ट्रमार्फत १२ पटक उपाधि जितेको छ भने ल्याटिन अमेरिकाले तीन राष्ट्रमार्फत १० पटक उपाधि हात पारेको छ। अर्को शब्दमा भन्नुपर्दा ९६ वर्षको अवधिमा एसिया, अफ्रिका वा उत्तर अमेरिकाको कुनै पनि टोली विश्व च्याम्पियन बन्न सकेको छैन।
हालसम्म युरोपबाहिर ११ वटा विश्वकप आयोजना भइसकेका छन्। यसमा ल्याटिन अमेरिकी टोलीहरू ९ पटक च्याम्पियन बनेका छन् भने युरोपेली टोलीहरूले मात्र २ पटक उपाधि जितेका छन्। युरोपबाहिर आयोजित विश्वकपमा उपाधि जित्ने युरोपेली टोलीहरूमा स्पेन (२०१०) र जर्मनी (२०१४) मात्र पर्दछन्।
अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्नबाट मात्र एक कदम टाढा छ। टोलीले सन् २०२२ मा कतारमा आफ्नो तेस्रो विश्वकप जितेको थियो। यदि यसले न्यु जर्सीमा स्पेनलाई पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो भने सन् १९६२ यता लगातार दुई पटक विश्वकप जित्ने पहिलो टोली बन्नेछ।
हालसम्म दुईवटा देशले मात्र सफलतापूर्वक आफ्नो विश्वकप उपाधि रक्षा गरेका छन्। इटालीले सन् १९३४ र १९३८ मा लगातार दुईपटक उपाधि जितेको थियो भने ब्राजिलले सन् १९५८ र १९६२ मा यस्तै उपलब्धि हासिल गरेको थियो।
स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा आफ्नो एकमात्र विश्वकप जितेको थियो। अब, उसँग दोस्रो उपाधि जित्ने र साथै युरोपबाहिरको भूमिमा ल्याटिन अमेरिकाको लामो समय देखिको वर्चस्वलाई चुनौती दिने अवसर छ।
स्पेनको विश्वकप यात्रा उतार चढावपूर्ण रहँदै आएको छ। सन् २०१० मा उपाधि जिते पछि टोली सन् २०१४, २०१८ र २०२२ मा नकआउट चरणभन्दा अघि बढ्न असफल रह्यो। यसको विपरीत अर्जेन्टिना पछिल्ला ४ विश्वकपमध्ये ३ पटक सेमिफाइनल र २ पटक फाइनलसम्म पुगेको छ।
सबैभन्दा धेरै पटक अर्थात ८ पटक फाइनल खेल्ने कीर्तिमान जर्मनीको नाममा छ, तर सात पटकको सहभागितामा पाँच पटक उपाधि जितेको ब्राजिल सबैभन्दा सफल टोली हो। सन् २०२६ को फाइनल खेलेर अर्जेन्टिनाले उपाधि भिडन्तमा आफ्नो सातौं सहभागिता जनाउनेछ।
ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि १ हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु तथा १ हजार ६९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ सवारी साधनलाई कारबाही गर्दा १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
भन्सार छली नियन्त्रण अभियानमा प्रहरीले १८ जनालाई पक्राउ गरी १५५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। यस क्रममा ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताए। उनका अनुसार यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी हो।
यसैगरी, स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। वन संरक्षण अभियानअन्तर्गत २२२ क्युबिक फिट सालको काठ बरामद गरी ५ लाख ९५ हजार २२५ रुपैयाँ राजस्व संकलन गरिएको छ भने २ जना पक्राउ परेका छन्।
नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण अभियानमा ३० वटा सवारी साधन र ३ जनालाई नियन्त्रणमा लिई २ लाख ५७ हजार ३०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
घरेलु मदिरा उत्पादनविरुद्ध सञ्चालन गरिएको अभियानमा ५ वटा अवैध मदिरा भट्टी नष्ट, १ हजार ५४५ लिटर मदिरा, २ हजार लिटर कच्चा पदार्थ, एक सवारी साधन तथा मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, एक वर्षको अवधिमा १ लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी रिजालले सीमित जनशक्तिका बाबजुद नागरिकलाई प्रभावकारी सेवा दिन प्रहरी सफल भएको बताए। अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, राजस्व छली नियन्त्रण तथा सामुदायिक प्रहरी सेवामा प्राप्त उपलब्धि स्थानीयवासी, सञ्चारकर्मी र सरोकारवाला निकायको सहयोगकै परिणाम भएको उनले उल्लेख गरेका छन्।