• २०८३ असार ५ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, नवलपरासी पश्चिम । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवल नगरपालिका-८ बैरागनाथ बस्ने ४८ वर्षीय यमलाल पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

यामलालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस