• २०८३ बैशाख ६ गते आइतवार

जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरीबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, महोत्तरी । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिव शंकर आले मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

शिव शंकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस