चैत ५, मुगु । हिमाली जिल्ला मुगुमा वन डढेलो सप्ताह सुरु भएको छ । पछिल्लो समय वनमा हुने आगलागि डढेलो लाई नियन्त्रण गर्न अनियन्त्रित मानवीय गतिविधिका कारण बढ्दो वन जंगल विनासलाई रोक्न साता व्यापी कार्यक्रम तय गरेर वन ढडेलो सप्ताह सुरु भएको हो । डिभिजन वन कार्यालय मुगुले वन डढेलो सप्ताहका कार्यक्रम विभिन्न तालिका सहितसप्ताह सुरु भएको जानकारी दिएको छ ।

वन डढेलोका कारण पछिल्ला वर्षमा ठुलो जनधनको क्षति भईरहेकाले त्यसलाई रोक्न सबैको साझा पहल जरुरी रहेको डिभिजन वन कार्यालय मुगुका सुचना अधिकारी बसन्ति बुढाले बताईन । उनका अनुसार प्राकृतिक तथा अनियन्त्रीत मानवीय गतिविधिका कारण बढ्दो वन डढेलो रोक्न साता व्यापी कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने कार्ययोजना तयार रहेको बताईन । “वन डढेलो नियन्त्रणमा प्रभावकारिता ः तीन वटै तहका सरकार र समुदायको सक्रिय सहभागिता” भन्ने मूल नाराका साथ सप्ताहभरी वन डढेलो नियन्त्रण र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । गर्मी बढ्दै जाँदा वन डढेलोको समस्या थप देखिन सुरु भइरहेका बेला सरकारले सप्ताह मनाउन थालेको छ । नेपालमा प्रत्येक वर्ष सुख्खा यामसँगै वन डढेलोको जोखिम बढ्दै जाने गरेको छ। वन डढेलोका कारण मानव जीवन, वन्यजन्तु, जैविक विविधता तथा भौतिक सम्पत्तिमा ठूलो क्षति पुग्नुका साथै वातावरणीय सन्तुलनमा समेत गम्भीर असर पर्ने गरेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ ।
सप्ताह ब्यापी कार्यक्रममा बुधवार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाउँमा वन डढेलो नियन्त्रण रोकथाम तथा अन्य विषयबस्तुमा त्यहाँका स्थानीय तथा सामुदायिक वन समितिहरुले सयुत्त, रुपमा प्लेकार्ड सहित गाउँमा र्याली गरेका थिए । आफ्नो वन आफै जोगाऔं भन्ने हेतुले त्यहाँका स्थानीय स्वयम् सक्रिय हुन थालेका छन् । वन रहे जीवन रहने वन नरहे केही नरहने भन्दै स्थानीय स्वयम् आफै सक्रिय रुपमा वन संरक्षण गर्न लागीरहेको चंखेली सामुदायिक वनका अध्यक्ष पृथ्वी बहादुर बढुवालले बताए । उनका अनुसार हामि मासिक रुपमा नियमित सबै गाउँका नागरिकहरु पालैपालो गरेर वन हेरचाह गर्ने गरेको पनि बताए । हिजो भएको कार्यक्रममा त्यहाँका स्थानीयले वनजंगल जोगाउन , आगलागि , डढेलो नियन्त्रण गर्न देउडा गित मार्फत प्रस्तुत गरेका थिए ।
वन क्षेत्रमा हुने लापरवाहीजन्य गतिविधि, खुला आगो बाल्ने काम तथा अन्य सम्भावित जोखिमपूर्ण व्यवहारबाट सचेत रहन आम नागरिकलाई कार्यालयले पनि पनि गरेको सुचना अधिकारी बुढाको भनाई छ ।