चैत ५, मुगु । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मुगुकाे रारा तालमा पुगेकी छिन्। काठमाडौ , सुर्खेत हुँदै सिधै प्रधानमन्त्री कार्की आज विहान रारा तालमा पुग्नु भएको हाे ।

राराताल अवलोकन गर्दे उहाँले भन्नू भयाे साच्चै रारा अर्गानिक रहेछ , यसलाई संरक्षण , पर्यटन प्रवद्वन गर्न राज्य सँगै सबैकाे दायित्व रहेकाे उहाकाे भनाई उदृत गर्दे प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताउनु भयाे । उहाँका अनुसार प्रधानमन्त्री मुगु आएको भए पनि कार्यतालिका भने जानकारी नगराइएको बताएका छन् । उहाँले राराताल अवलोकन तथा जिल्लाका सुरक्षा निकायसँग भेटघाट तथा छलफल गर्नु भएकाे छ । छलफलमा भर्खरै सम्पन्न फागुन २१ काे प्रतिनिधि सभा सदस्य निर्वाचन लाई मुगु जस्तो भाैगाेलिक विकटता लाई मध्ये नजर गर्दे चुनाव शान्तिपुर्ण तवरले सम्पन्न गरेकाे भन्दै धन्यवाद प्रदान दिनु भएकाे प्रजिअ खत्रीकाे भनाई छ । रारा भ्रमण गरेर प्रधानमन्त्री कार्की जुम्ला फर्किसक्नु भएकाे छ ।