फागुन ७, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ४३ सयले बढेर तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले बढेर तोलाको ५०६० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।