• २०८३ बैशाख ३० गते बुधवार

सर्वोच्चको रिट फिर्ता हुदैन- पूर्ण बहादुर खड्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय विरुद्धको सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता नहुने स्पष्ट गरेका छन् । खड्काले केही सञ्चारमाध्यमले रिट फिर्ता हुने भन्दै समाचार प्रकाशित गरेको भन्दै उनले त्यसमा सत्यता नरहेको स्पष्ट गरेका हुन् ।

उनले भनेका छन्- ‘केही संचार माध्यममा आएका गलत समाचार बारे स्पष्ट होस्- २०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अबैधानिक निर्णयका बिरुद्धमा २०८२ माघ ४ गते सर्बोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहान्छु ।’

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको छ । सर्वोच्चले सो रिट दर्ता गर्दै मंगलबारका लागि पेसी तोकेको छ । रिट दायर गरेपनि काँग्रेसका सबै पक्षले सभापति गगन थापाको हस्ताक्षरमै टिकट लिएर चुनावमा जाने सहमति भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस