• २०८३ बैशाख १५ गते मङ्गलवार

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् ।

बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए । बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस