• २०८३ जेष्ठ ४ गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, दाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-४ मौरीघाट बस्ने ५० वर्षीय प्रेम बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रेमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस