• २०८३ जेष्ठ ४ गते सोमवार

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको गरिमामय उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।

जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो । महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस