• २०८३ बैशाख ५ गते शनिवार

म्यानमारका पूर्व राष्ट्रपति रिहा, सुकीको सजय घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, काठमाडौं । म्यानमारमा नयाँ वर्षको अवसर पारेर हजारौँ कैदीलाई आममाफी दिइएको छ । सो क्रममा पूर्व राष्ट्रपति विन म्यिन्टलाई पनि रिहा गरिएको छ । सरकारी घोषणाअनुसार करिब ४५ सय कैदीलाई आममाफी दिइएको हो । वर्तमान शासक मिन आङ ह्लाइङद्वारा सार्वजनिक गरिएको यस निर्णयअन्तर्गत विन म्यिन्ट जेलमुक्त भएका हुन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार यो आममाफीमा सैनिक शासनको विरोधमा पक्राउ परेका व्यक्तिहरू समेटिएका छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन । पूर्व नेतृ आङ सान सू कीको रिहाइबारे पनि कुनै संकेत देखिएको छैन ।

विन म्यिन्ट सू कीका नजिकका सहयोगीका रूपमा चिनिन्छन् । उनी सन् २०१८ मा राष्ट्रपति बनेका थिए । सन् २०२१ फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि सोही दिन उनलाई पक्राउ गरिएको थियो ।

यसबीच, आङ सान सू कीलाई आममाफीअन्तर्गत नजरबन्दमा राखिने तयारी गरिएको छ । उनका कानुन व्यवसायीले सू कीको सजायको ६ भागको एक भाग कटौती गरिएको जानकारी दिएका छन् । यस अनुसार उनलाई दिइएको २७ बर्षको जेल सजायमा साढे ४ बर्ष घेटेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस