• २०८३ जेष्ठ २ गते शनिवार

फागुन २१ गते इतिहास बनाउने हो- रवि लामिछाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते इतिहास बनाउने बताएका छन् । धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सुदूरपश्चिमको मुद्धालाई माग बनाएर बर्षौं अल्झाउने कुरा अब बन्द हुने बताउदै फागुन २१ गते इतिहास बनाउने बताएका छन् ।

रास्वपाले जनताको माग गर्न पाँच बर्षको स्थायी सरकारको माग आफुहरुले गरेको बताउदै आफुहरुले नागरिकसँग गरेको बाचा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने- ‘यो देशमा चुनाव पहिले पनि भएको हो । धेरै पटक नेताले जिते तर यस पटक जनता जिताउने हो । देशको आकांक्षा पुरा गर्ने भनेर हामी आएका छौं । यस पटक मत नबाडनुहोला ।’

उनले देशको अस्तित्व जोगाउने समयमा सबै परिवर्तनको पक्षमा उभिन आव्हान गरेका छन् ।उनले अहिले सिंहदरबार जलेको बताइएको भन्दै जलेको सिंहदरबार बनाउनु अघि अब पहिला सिंहदरबार बदल्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस