फागुन ६, काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आज केन्द्रीय समितिको बैठक बिहान ११ बजे भर्चुअलरुपमा बस्ने भएको छ ।

बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने दुलालले जानकारी दिएका छन् । आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थिति हुने भएको छ ।